कोरोनाको नयाँ भेरियन्टको नामाकरण : बेलायतमा ‘अल्फा’, ब्राजिलमा ‘गामा’,नेपालमा-के ?

विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टको छुट्टाछुट्टै नामाकरण गरिएको छ ।

Advertisement

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरेको हो । बिबिसीका अनुसार संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । त्यस्तै भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने छ । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री