बुधबार, १२ वैशाख २०८१

विश्वमा अर्को महामारी फैलाउने भेटियो अर्को भाइरस

समयपोष्ट २०७७ असार १६ गते १६:४०

Advertisement

चीनमा नयाँ भाइरस भेटिएको खबरमा छ । बिबिसीका अनुसार चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ ।

उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्ने र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता समेत यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन ।

अहिले विश्वभरका विशेषज्ञ कोरोना भाइरस बिरुद्ध लडिरहेका छन् । नयाँ खोप र औषधि तयार गर्नका लागि खोज–अध्ययनमा जुटिरहेका छन् । यही अवस्थामा शीर्ष रोग विशेषण इन्फ्लुएन्जाको नयाँ र घातक स्ट्रेनलाई लिएर चिन्तित छन् ।

सन् २००९ मा आएको स्वाइनफ्लु त्यती खतरनाक थिएन, जति यसबाट मान्छे भयाभित थिए । किनभने यो भाइरस यसअघि पनि आएकै जस्तो थियो । मान्छेमा उक्त भाइरस बिरुद्ध लड्ने क्षमता विकास भइसकेको थियो ।

उक्त भाइरसको नाम ए-एचवान एनवान पिडिएम०९ थियो, जसको खोप अहिले बार्षिक खोपकै रुपमा लगाउन सुरु गरिएको छ ।

चीनमा जुन भाइरस पहिचान गरिएको छ, त्यो सन् २००९ मा आएकै स्वाइन फ्लु जस्तै छ तर यसमा केही परिवर्तन देखिएको छ । अहिलेसम्म यस भाइरसबाट कुनै खतरा छैन । तर, प्रोफेसर किन चाओ चेंग र उनका साथीहरु भन्छन्, ‘यस भाइरसमाथि कडा निगरानी राख्न जरुरी छ ।’

वैज्ञानिकका अनुसार जि–४ इए एचवानएनवान नामक यो भाइरस मान्छेको श्वासनलीमा टाँसिएर आफ्नो संख्या बृद्धि गर्न सक्छ ।

अहिले जुन फ्लु खोप उपलब्ध छ, त्यो संक्रमित व्यक्तिलाई बचाउनमा सक्षम छैन । यदि उक्त खोप आवश्यक्ता परेको अवस्थामा भने यसका लागि तयार गर्न सकिनेछ ।

ब्रिटेनको नौटिंघम युनिभर्सिटीमा काम गर्ने प्रोफेसर किन चो चेंगले बीबीसीसँग भनेका छन्, ‘कोरोना भाइरसको कारण हाम्रो ध्यान यसैमा केन्द्रित छ । तर, हामीले अरु नयाँ खतरनाक भाइरसमा पनि निगरानी राख्न जरुरी छ ।’

हुन त यो भाइरस अहिले तत्कालका लागि समस्या होइन तर यसलाई नजरअन्दाज गर्न पनि मिल्दैन । नेशनल एकेडेमी अफ साइन्सका बैज्ञानिकले भनेका छन्, सुँगुर र त्यसका आसपासमा काम गर्नेहरुमा निगरानी राख्नका लागि तत्काल व्यवस्था गर्नुपर्नेछ ।

युनिभर्सिटी अफ क्याब्रिज भेटरनेरी मेडिसिन विभागका प्रोफेसर जेम्स वुड्सले भनेका छन्, ‘घरपालुवा पशुपंक्षी महामारी फैलाउने भाइरसको स्रोत बन्न सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री