शनिबार, ८ वैशाख २०८१

भारतले होईन मैले अध्यक्ष र प्रधानमन्त्री छोड्न भनेको हुँ भनेपछि ओली–प्रचण्डबीच भनाभन

समयपोष्ट २०७७ असार १६ गते १६:२९

Advertisement

बालुवाटारमा जारी नेकपाको स्थायी समितिको चौथो दिनको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भनाभन भएको छ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको टिप्पणी गरेपछि दुईबीच भनाभन भएको बताईएको छ ।

बैठकमा ओलीले भारतविरुद्ध अभिव्यक्ति दिएर गल्ती गरेको र उक्त अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिर्नुका साथै भारतसँग जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने प्रचण्डको भनाई रहेको थियो ।

जवाफमा प्रधानमन्त्रीले बैठकमा भएको कुरा दिल्लीको मिडियामा कसरी हुबहु आयो भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । प्रधानमन्त्री ओलीले जंगिदैँ सो बारे छलफल हुँनुपर्ने बताएको बुझिएको छ ।

त्यसपछि प्रचण्डले पनि भारतले नभइ आफूले प्रधानमन्त्री र अध्यक्ष पद छाड्न भनेको भन्दै ओलीप्रति खनिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री