शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय बीमा संस्थान र काठमाण्डौ महानगरपालिका बीच कर्मचारीहरूको सामूहिक बीमा गर्ने सम्झौता

समयपोष्ट २०७७ असार १२ गते २२:०५

Advertisement

राष्ट्रिय बीमा संस्थान र काठमाण्डौ महानगरपालिका बीच जीवन बीमा सम्बन्धी सम्झौता भएकाे छ ।

काठमाण्डौ महानगरपालिकामा कार्यरत कर्मचारीहरूको सामूहिक सावधिक जीवन बीमा गर्ने सम्बन्धमा महानगरपालिका र राष्ट्रिय बीमा संस्थान बीच सम्झौता सम्पन्न भएको हाे ।

सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रबन्धक महेश रिमालले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरूको हितमा संस्थानसँग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको उल्लेख गरेका थिए ।

संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रूपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बिमितहरूलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको कुरा उल्लेख गरेका थिए ।

त्यसैगरी, समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले संस्थानले सवै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रूपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री