शुक्रबार, १४ वैशाख २०८१

डिसहोममा डिलर दाईको डिस्काउण्ट योजना : दुई भाग्यशाली विजेता छनौट

समयपोष्ट २०७७ असार १२ गते १९:२६

Advertisement

डिसहोममा डिलर दाईको डिस्काउण्ट योजना अन्र्तगत लाइभ लक्की-ड्र मार्फत दुई जना भाग्यशाली विजेता छनौट भएका छन् ।

असार १२ गते भएको लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913812757, 02558189404 बिजेता बन्न सफल भएका छन् ।

योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १००,००० नगद प्राप्त गर्नु हुनेछ ।

यहि असार ५ गते देखि ११ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा लाइभ लक्की ड्र मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् ।

असार १२ गते शुक्रबार देखि असार १८ गते बिहिबार सम्म डिसहोमको आधिकारीक विक्रेताहरु मार्फत फण्ड ट्रान्सफरसेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १९ गतेको लाइभ लक्की ड्र मा समावेश गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री