सोमबार, २४ वैशाख २०८१

सुशान्तको मृत्युपछि इन्स्टाग्रामको कमेन्ट सेक्सन नै लक गर्न बाध्य भए यी सेलिब्रेटी

समयपोष्ट २०७७ असार १० गते १३:५५

Advertisement

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि बलिउडमा परिवारवादको बहस निकै पेचिलो बनेको छ ।

सामाजिक सञ्जालमा निर्माता निर्देशक स्टार किड्स,अभिनेता,अभिनेत्रीलाई जोडेर निकैनै आलोचना भैरहेको हो । यसैबीच बलिउडका आधा दर्जन बढी बलिउड सेलिब्रिटीले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट सेक्सन सर्वसाधारणका लागि लक गरिदिएका छन् ।

करन जोहर,आलिया भट्ट, करिना कपुर, सोनम कपुर, सोनाक्षी सिन्हा, अनन्या पाण्डे र शाहरुख खानकी छोरी सुहाना खानले आफ्नो कमेण्ट बक्सनै लक गरेका छन् । अब यी सेलिब्रिटीको पोस्टमा उनीहरुका नजिकका साथीले मात्रै कमेन्ट गर्न सक्छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री