शुक्रबार, १४ वैशाख २०८१

नेको इन्स्योरेन्स बन्यो कोरोना बीमाको दाबी भुक्तानी गर्ने पहिलो कम्पनी

समयपोष्ट २०७७ जेठ ३१ गते ८:४५

Advertisement

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ को दाबी भुक्तानी गरेको छ ।

कृषि विकास बैंक लिमिटेडमा कार्यरत एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको प्रमाणित भएपछि इन्स्योरेन्सले एक लाख रुपैयाँ भुक्तानी गरेको हो । यससंगै नेको इन्स्योरेन्स कोरोना बीमाको दाबी भुक्तानी गर्ने पहिलो कम्पनी बनेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का र नेपाल बीमक संघको अध्यक्ष दिप प्रकाश पाण्डेले शुक्रबार बैंकका नायव महाप्रबन्धक दिर्घ बहादुर अर्याललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रक्रिया पुर्याएर आउनेलाई नेको इन्स्योरेन्सले दाबी भुक्तानीमा सधै सहज रुपमा सेवा दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री