बिहीबार, १५ चैत २०८०

शेयर बजार : नेप्सेमा झिनो सुधार

समयपोष्ट २०७६ जेठ १३ गते १६:२२


शेयर बजारमा आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.३४ विन्दुले बढेर एक हजार ३०२.९६ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०५ विन्दुले बढेर २७७.६१ मा पुगेको छ ।

Advertisement

नेप्से झिनो अङ्कले बढेपनि कारोवार रकम भने सामान्य रहेको छ । कूल १७० कम्पनीको १७ लाख एक हजार ६४ कित्ता शेयर रु ५१ करोड ९५ लाख ५६ हजार ७९३ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै आठ उपसमूहको शेयरमा भने वृद्धि भएको छ । बैंकिङ ०.९६, निर्जीवन बीमा १५.८९, जीवन बीमा २८.६२ विन्दुले घटेको छ । होटल ०.९६, विकास बैंक १.८१, जलविद्युत् २.८८, वित्त १.२७, उत्पादन ३७.६६, अन्य तीन लघुवित्त ०.८१ र सामूहिक लगानी कोष ०.४३ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज शिवम् सिमेन्टको सबैभन्दा बढी शेयर कारोबार भएको छ । सो कम्पनीको रु सात करोड ३१ लाख ७८ हजार २४३, प्रभु बैंकको रु छ करोड ४१ लाख १४३, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६१ लाख १२ हजार २९० र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु एक करोड ९६ लाख ४५ हजार ८०४ बराबरको कारोवार भई शीषर््ा स्थानमा रहे ।

स्टकका अनुसार स्पर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८३ प्रतिशतले कमाए । कर्णाली डेभलपमेन्ट बैंक ८.३३, गुर्खाज फाइनान्स ७.२१, सानिमा इक्विटी फण्ड ६, एनएमबी हाइब्रिड फण्ड ६, सिद्धार्थ इक्विटी फण्डका शेयरधनीले समेत ६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै सिद्धार्थ पावर डेभलपमेन्ट कम्पनी ८, छ्याङदी हाइड्रोपावर ७.३३, आँखु खोला जलविद्युत् कम्पनी ४.९३, रिलायन्स फाइनान्स ३.८३ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३० प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री