शनिबार, ५ जेठ २०८१

आधुनिक सिंगापुरका निर्माता ली क्वान यूका नातिले गरे केटासँग विवाह

समयपोष्ट २०७६ जेठ १२ गते ११:३७

Advertisement

आधुनिक सिंगापुरका निर्माता ली क्वान यूका एक नातिले आफ्ना केटा साथीसँग विवाह गरेका छन् ।

यूका नाति ली ह्सैयन याङले दक्षिण अफ्रिकाको केप टाउनमा हेङ यिरूईसँग विवाह गरेका हुन् । दक्षिण अफ्रिकामा सन् २००६ मा समलिंगी विवाहलाई मान्यता दिइएको थियो ।तर सिंगापुरमा भने समलिंगी विवाह गैरकानुनी छ ।

याङले शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा दुबै जनाको तस्बिर सार्वजनिक गर्दै आफूहरूले विवाह गरेको जानकारी दिएका हुन् । ‘आज मैले आफ्नो प्रियसँग विवाह गरेको छु,’ उनले लेखेका छन् ।

याङका बुवा ली क्वान यूका कान्छा छोरा हुन् । लीको चार वर्षअघि मृत्यु भएको थियो ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री