शुक्रबार, १६ चैत २०८०

बाराको कलैयामा सिटिजन लाइफको शाखा विस्तार

समयपोष्ट २०७६ जेठ १० गते १९:४५

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाराको कलैयामा ७३औं शाखा विस्तार गरेको छ । शाखाको सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले उद्घाटन गरे ।

सिटिजन लाइफ ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु ल्याउन सदैव अग्रसर रहेको कम्पनीले जनाएको छ ।

कलैयाका स्थानियहरुलाई बिमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बिमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री