सरकारी जग्गा घोटाला प्रकरण: चार सदस्सीय छानबिन समिति गठन

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण तत्काल अघि बढाउने निर्णय गरेको छ ।

Advertisement

मन्त्रिपरिषद्को जेठ ६ गते बसेको बैठकले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

नयाँ ठेकेदार नियुक्ति दिने वा काम विभाजन गर्ने सम्बन्धमा मेलम्ची खानेपानी आयोजनाले गर्ने गरि अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको बासकोटाले बताए ।

त्यस्तै सरकारले सरकारी जग्गा घोटाला प्रकरणकाे छानिबन गर्न चार सदस्सीय छानबिन समिति गठन गरेको छ । सरकारी, सार्वजनिक र गुठीको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ गर्न झापाका मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरिएको मन्त्री बासकोटाले जानकारी दिए । आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउवा रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको बास्कोटाले जानकारी दिए । हडपिएका सरकारी जग्गाबारे छानबिन गरी आयोगले ६ महिनाभित्र आफ्नो प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ ।

Advertisement

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अमेरिकी राजदूतको ‘गफगाफ’को सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको पनि जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री