शुक्रबार, १४ वैशाख २०८१

९ अर्ब भ्रष्टाचार गरेको आरोप लागेपछि कुलमाने भने-प्रमाणित भए झुण्डिएर मर्छु

समयपोष्ट २०७६ जेठ ७ गते १४:२३

Advertisement

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए आत्महत्या गर्ने चेतावनी दिएका छन् ।

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको बताए ।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए/नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको पनि स्पष्ट पारे । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको पनि स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री