शुक्रबार, १४ वैशाख २०८१

मदन भण्डारीकी छोरी उषाले खोलिन् मुख (भिडियोसहित)

समयपोष्ट २०७६ जेठ ४ गते १२:४४

Advertisement

स्वर्गीय जननेता मदन भण्डारीकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो बुवाको हत्याकाण्डबारे नयाँ खुलासा गरेकी छिन् । पत्रकार ऋषि धमलाले शुक्रबार राति विशेष कुराकानीमा भण्डारीकी जेठी छोरी उषाकिरणले उक्त हत्याकाण्डको छानबिन अघि बढिरहेको जनाएकी छिन् ।

उनले आफ्नो बुवाको रहस्यमयी तवरले हत्या नै भएको आफूहरुको बुझाई रहेको दाबी गरिन् । उनले हत्याकाण्डबारे २०५० सालदेखि नै अर्थात सुरुवातदेखि नै अनुशन्धानका कुराहरुलाई एक ठाउँमा ल्याउनुपर्ने बताईन् । आफ्नो बुवाको हत्यारा पत्ता लगाउने कोशिस जारी रहेको उनको विश्वास छ । उनले भनिन्,”कतिपय कुरा बाहिर आउँछन् । कतिपय कुरा भित्रै रहन्छ ।”

उनले बुवाको हत्याबारे त्यतिवेला नै कतिपय प्रमाणहरु मेटाउने काम भएको आशंका समेत गरिन् । फरक प्रसँगमा उनले आफ्नी आमा अर्थात राष्टपति विद्यादेवी भण्डारीले संस्थाप्रति सम्मान गर्दै आफ्नो शतप्रतिशत योगदान दिएर न्याय नै गरेको पनि विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री