शुक्रबार, १४ वैशाख २०८१

यी १५ जनाले यस्तो बयान दिएपछि तनुश्री दत्ताले नाना पाटेकरमाथि लगाएको आरोप झुट सावित

समयपोष्ट २०७६ जेठ २ गते १२:२९

Advertisement

बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि लगाएको यौन शोषणको आरोप गलत साबित भएको छ ।

तनुश्रीले करिब ७ महिना पहिले नाना पाटेकर र गणेश आचार्यले उनीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । तनुश्रीले सन् २००८ मा ‘हर्न ओके प्लीज’ को शुटिङका क्रममा आफुमाथि यौन शोषण गरेको आरोप लगाउँदै ओशिवारा पुलिस स्टेशनमा एफआईआर दर्ता गराएकी थिइन् ।

प्रहरीका अनुसार उनले करिब १२÷१५ जना साक्षीको बयान दर्ता गराएकी थिइन् । जसमा सलमान खानकी अभिनेत्री डेजी शाह पनि थिइन् । डेजी सो समयमा गणेश आचार्यको असिस्टेन्ट थिइन् । भने अन्य ब्याकग्राउन्ड डान्सर र त्यस समय त्यहाँ उपस्थित कर्मचारी थिए । जसमध्ये कसैले दिएको बयान पनि तनुश्रीसँग मेल खाने थिएनन् ।

डेजी शाहले उक्त घटना याद नभएको भन्दै बयान दिइन् । प्रहरीले बयान दिएकाहरुको रेकर्ड सुन्दा कोहि पनि तनुश्रीको समर्थनमा थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री