शुक्रबार, १६ चैत २०८०

पुर्व प्रेमि रणवीरकी आमा र बहिनीले दीपिकालाई दिए यस्तो गिफ्ट

समयपोष्ट २०७६ वैशाख ३१ गते १०:३३

Advertisement

बलिउड अभिनेत्री दीपिका पादुकोण केही समयअघि सम्पन्न’मिट गाला’मा सहभागि हुन न्युयोर्क पुगेकी थिइन् ।

‘मिट गाला’मा सहभागि भए लगत्तै उनी पूर्वप्रेमी रणबीर कपुरको बुबा ऋषि कपुर र आमा नीतु कपुरसँग भेट्न पुगेकी थिइन् । क्यान्सर फ्रि भएपछि ऋषि कपुर अमेरिकामा ‘फलोअप’ उपचार गराइरहेका थिए । त्यस दौरान नीतु कपुर पनि थिइन् । नीतुले दीपिकासँगको भेटको तस्विरहरु आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

त्यहाँ दीपिकाले अभिनेता रणबीर कपुरको बुवा–आमालाई मात्रै भेटिनन्, उनले उनीहरुबाट विशेष उपहार पनि पाइन् । दीपिका पादुकोणले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक तस्विर सेयर गरिन्, जसमा उनले एक सुन्दर ब्रेसलेट लगाएको देखिन्थ्यो । यस तस्विरमा दीपिकाले रणबीर कपुरकी बहिनी रिद्धिमा कपुर साहनी र नीतु कपुरलाई ट्याग गरेकी थिइन्, जसबाट स्पष्ट हुन्छ कि सो उपहार उनीहरुबाट प्राप्त भएको हो । दीपिकाले उपहारका लागि धन्यवाद व्यक्त गरेकी छिन् र न्युयोर्कमा जति जनाले उनलाई विशेष समय दिए उनीहर सबैलाई पनि धन्यवाद दिएकी छिन् । दीपिका, नीतु र ऋषिको तस्विरमा रणबीर कपुरकी प्रेमिका आलिया भट्टले पनि लाइक गरेर प्रतिक्रिया जनाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री