बिहीबार, १५ चैत २०८०

ढुंगेधारामा प्रभु बैंकको नयाँ शाखा

समयपोष्ट २०७६ वैशाख ३० गते २०:०५

Advertisement

प्रभु बैंकले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५, ढुंगेधारामा ढुंगेधारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले एक समारोहकाबीच समुद्घाटन गरे । समुद्घाटन कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा सञ्जाल विस्तार गरी बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको बताए । उनले अब ढुंगेधाराबासीहरुले घर आँगन नजिकबाट विना झण्झट प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्ने अवसर प्राप्त गरेको बताए ।

समुद्घाटन कार्यक्रममा प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न ढुंगेधारा शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको ढुंगेधारा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री