शुक्रबार, १४ वैशाख २०८१

कति छ यि बोल्ड रियालिटी टिभी स्टार किम कार्दसियनको मुल्य ?

समयपोष्ट २०७६ वैशाख ३० गते १३:१५

Advertisement

चर्चित मोडल तथा रियालिटी टिभी स्टार किम कार्दसियनले सामाजिक सञ्जालमा एउटा तस्विर सेयर गर्दा करोडौँ कमाउछिन् ।

इन्स्टाग्राममा एक पोस्ट गरेबापत १० लाख डलर (११ करोड ९ हजार रुपैयाँ) लिने गरेको अन्तराट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसअधि उनले ३ देखि ५ लाख डलरसम्म लिने गरेको बताइएको थियो । पछिल्लो समय सामाजिक सञ्जालबाट समेत आम्दामी हुन थालेपछि चर्चित सेलिब्रिटीहरु यसतर्फ आकर्षित भएका छन्। यसअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५ करोडको हाराहारीमा रकम लिने गरेको सार्वजनिक भएको थियो।

रियालिटी स्टार किमले अहिलेसम्म ६ लाख डलर लिँदै आएको उनको कम्पनीले आधिकारिक रुपमा जनाउँदै आएको छ। उनले आफ्नो माग बढाएर १० लाख डलर पुर्‍याएको र पछिल्लो समय सोही रकम लिँदै आएपछि कम्पनीले आधिकारिक रुपमै दस्तावेज अपडेट गर्न लागेको बताइएको छ।

एक वेभसाइटका अनुसार किमले अनुमतिविना आफ्नो फोटोको गलत प्रयोग गरेको भन्दै एक कम्पनीविरुद्ध मुद्दा दर्ता गर्न लागेकी छन्। उक्त कम्पनीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया नदिएपछि ५० लाख डलर (५५ करोड नेपाली रुपैयाँ) क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेकी हुन्।

किमले यसबारे प्रतिक्रिया दिँदै भनेकी छन्, ‘कम्पनीले आफ्नो आर्थिक फाइदाका लागि मेरा फोटा प्रयोग गर्न पाउँदैनन्।’ उनले आफूलाई मन नपरेकै कारण धेरै ठूला अफरसमेत छाडेको बताएकी छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री