शुक्रबार, १६ चैत २०८०

सिद्धार्थ इन्स्योरेन्स दुई नयाँ शाखा विस्तार

समयपोष्ट २०७६ वैशाख २६ गते १०:०८

Advertisement

सिद्धार्थ इन्स्योरेन्सले काठमाडौंको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।

स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ एवं नायव महा प्रबन्धक मुरारी रेग्मीद्वारा संयुक्त रुपमा शुभारम्भ गरियो ।

ट्राफिक चोक बुटवल शाखाको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्रीले शाखाको शुभारम्भ गरे ।

समारोहमा स्थानिय स्तरका बैंक तथा वित्तीय संस्थाहरु प्रमुख एवं व्यवसायीहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले अहिले सम्म ७४ वटा शाखा सञ्जाल मार्फत स्तरिय बिमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बिमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री