शुक्रबार, १४ वैशाख २०८१

ई–अल्फा शोरुम कलैयामा,ई–अल्फा थ्री ह्वीलर सार्वजनिक

समयपोष्ट २०७६ वैशाख २६ गते ९:५९

Advertisement

नेपालको लागि महिन्द्रा टु ह्वीलर्सको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले बाराको कलैयामा आफ्नो आधिकारिक डिलर नियुक्त गरी नयाँ विद्युतीय सवारी ई–अल्फा थ्री ह्वीलर सार्वजनिक गरेको छ ।

कम्पनीले कलैयामा आधिकारिक डिलरको रुपमा ‘ओम राइराम मोटर्स’लाई नियुक्त गरेको छ ।

शोरुमको स्थापनासँगै कलैया तथा बारा आसपासका सेवा ग्राहीले महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्न सक्नेछन् । १००० वाटको मोटर तथा कन्ट्रोलर भएको यस सवारीमा ४८ भोल्ट १२० ए एच को व्याट्री लाग्दछ ।

इ–अल्फा मिनिमा आकर्षक भित्री डिजाइन रहेको छ, रुवस्ट बडी, फुल क्यानोपि, स्टाइलिस ब्याक ड्यासबोर्ड, चुस्त सस्पेन्सन, तथा चेसिस र ठूलो बस्ने क्याविन रहेको छ । यसमा यात्रुहरुलाई सहजता एवं चालकलाई सुविधा मिल्ने छ । यसमा धेरै भारबहन क्षमता, अधिकतम सुविधा रहेको छ । अन्य प्रतिस्पर्धी सवारीहरुको तुलनामा यस चढ्न र चलाउन अझ बढी सहजता मिल्ने छ ।

‘सवारी शानको भरोसा महिन्द्राको’ भन्ने नाराका साथ बजारमा ल्याइएको यस सवारीको विशेषता भनेको शून्य उत्सर्जन रहेको छ । यो पूर्ण रुपमा वातावरण मैत्री तथा सुरक्षित सवारीको रुपमा रहने कम्पनीले जनाएको छ ।

सबै नयाँ इ अल्फामा कम्पनीले २ वर्षको वारेन्टी, व्याट्रीमा ६ महिनाको वारन्टी तथा ६ पटकसम्मको निःशुल्क सर्भिसिङ उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री