शुक्रबार, १६ चैत २०८०

अस्थायी शिक्षकको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न सकिदैन: मन्त्री पोखरेल

समयपोष्ट २०७६ वैशाख २५ गते १३:३८

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको स्वतः स्थायी बनाउनुपर्ने माग सम्बोधन गर्न नसकिने बताएका छन् । बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री पोखरेलले सरकारले लामो समयसम्म कार्यरत अस्थायी शिक्षकहरुलाई स्थायी गराउन एक पटक परीक्षा लिएको तर अब पुनः परीक्षा लिएर स्थायी गराउन कानुनले नै नमिल्ने बताए ।

उनले एक पटक लिइएको परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई सरकारले चालू शैक्षिकसत्र भित्रै सम्मानका साथ विदाई गर्ने योजना पनि अघि सारे ।

गुणस्तरीय शिक्षामा जोड दिइरहेका बेला परीक्षामा अनुतीर्ण भएका अस्थायी शिक्षकहरुलाई स्वतहः स्थायी गर्न व्यवहारिक समेत नहुने मन्त्री पोखरेलले स्पष्ट पारे ।

उनले अस्थायी शिक्षकहरुलाई आर्थिक सहायतासहित विदाई गर्न सरकार लागि परेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री