शुक्रबार, ७ वैशाख २०८१

यी फरक शैलीका दुई ड्रेस जसले बनायो केटी पेरीलाई भाइरल

समयपोष्ट २०७६ वैशाख २५ गते ११:५६

Advertisement

अमेरिकन गायिका केटी पेरी सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । न्यूयोकमा भइरहेको ‘मेट गाला २०१९ इभेन्टमा’ उनको फरक शैलीको फेशन ट्रेण्ड फलोका कारण उनको चर्चा भएको हो ।

मेट गालाको रेड कार्पेटमा केटी पेरीलाई ‘ल्याम्प ड्रेस’ले झनै चर्चित बनाइदियो। त्योभन्दा पनि बढी आर्कषक केटी पेरीको बर्गर ड्रेस थियो ।

फेसन आइकन केटी पेरीको ‘मेट गाला लुक’ पहिले झै यस वर्ष पनि सर्वाधिक चर्चामा रह्यो । बर्गर होस या ल्याम्प दुवै ड्रेसबाट पेरीको फेशनले थप उत्साह र उमङ ल्‍याइदियो दर्शकदीर्घामा । उनीहरू यो ड्रेसलाई धेरै बेरसम्‍म नजिकबाट नियालरहे ।

बर्गर ड्रेससँगै केटी पेरीको जुत्ताको रङ र लुक्स पनि बर्गर जस्तै डिजाइन गरिएको थियो । जुत्ताको तस्बिर केटी पेरीले आफ्नो सामाजिक सञ्जाल ट्विटर सेयर गरेकी छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री