बिहीबार, ३ जेठ २०८१

पोखरामा सुजुकी मोटर्सको सर्भिस सेन्टर

समयपोष्ट २०७६ वैशाख २० गते १२:५४

Advertisement

नेपालका लागि सुजुकी मोटर्सको आधिकारिक वितरक सिजी मोटोकर्पले पोखरामा सर्भिस सेन्टर को शुभारम्भ गरेको छ।

बतास ब्रदर्सको ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’को सिजी माटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले समुद्घाटन गरे ।

१० हजार स्क्वायर फिटमा फैलिएको यस सर्भिस सेन्टरमा ६ ओर्कीङ्ग बे रहने छ । मासिक १ हजार गाडी सर्भिसिङ्ग गर्न सक्ने क्षमता रहेको यो सेन्टर बडी मेन्टिनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया गरी छुट्टा छुट्टै शाखामा विभाजन गरिएको छ। सर्भिस सेन्टरमा सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्वारा गाडीको चेकजाँच गरिने कम्पनीले जनाएको छ।

सुजुकीको विश्वव्यापी मापदण्डलाई पूर्ण रुपमा पालना गरी गाडीको सर्भिसिङ्ग गर्ने गरिएको कम्पनीको भनाइ छ। सर्भिस सेन्टरमा ग्राहकहरुको लागि सुसज्जित लाउन्ज रहेको जहाँ ग्राहकले आफ्नो गाडी सर्भिसिङ्ग भइरहेको अवलोकन गर्न सक्ने कम्पनीले जनाएको छ।

Advertisement

ग्रहकका लागि बिक्री पछिको सेवा महत्वपूर्ण रहने भन्दै बतास ब्रदर्सका प्रबन्ध निर्देशक बतासले सर्भिस सेन्टरबाट कुनै पनि ब्राण्डको छवि बन्ने वा विग्रने बताए।

यस सर्भिस सेन्टरको शुभारम्भसँगै, गण्डकी तथा धौलागीरमा ६ स्थानबाट सुजुकीको टच प्वाइन्टहरु सञ्चालनमा आएका छन्। गोर्खा, वालिङ्ग, वुर्तिवाङ्ग, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा प्रदान गरिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री