शुक्रबार, १४ वैशाख २०८१

भेटियो तीन आँखे सर्प

समयपोष्ट २०७६ वैशाख २० गते १२:३२

Advertisement

उत्तर अस्ट्रेलियाको राजमार्गमा तीन वटा आँखा भएको सर्प फेला परेको छ । उक्त सर्पबारे अस्ट्रेलियाको नर्थन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिसले जानकारी दिएको हो ।

यस अनौठो सर्पको फोटो सार्वजनिक भएपछि विश्वभर यस फोटो भाइरल बनेको छ । यस सर्पको दुई आँखा प्राकृतिक रुपकै छन् । अर्को आँखा भने टाउकोमाथि छ ।

१५ इन्च लामो यस सर्प कमजोर भएको बताइएको छ । एक आँखामाथि भएकाले यस सर्पले आँखा बचाउने प्रयास गरिरहन्छ ।

वैज्ञानिकहरुले तीनवटा आँखा भएको सर्प पहिलो पटक देखिएको बताएका छन् । यसअघि २ वटा टाउको भएको सर्पको अस्तित्व भने पत्ता लागेको थियो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री