शुक्रबार, १६ चैत २०८०

गरिमा विकास बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

समयपोष्ट २०७४ जेठ १७ गते ६:५३

गरिमा विकास बैंकको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकले बैशाख १४ गतेदेखि ७० प्रतिशत हकप्रद अर्थात एक सय रुपैँया अंकित मूल्यको ९० लाख ७६ हजार दुई सय ९६ कित्ता सेयर बिक्री खुला गरेको थियो । 

Advertisement

गत चैत २९ गतेसम्म कायम बैंकका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।  

हकप्रद प्रयोजनका लागि बैंकले गत चैत्र ३० गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ भने गरिमाका सबै शाखाहरुबाट सेयरधनीले हकप्रद भर्न सक्नेछन् । 

७० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको पूँजी दुई अर्ब २० करोड रुपैँया हाराहारीमा पुग्नेछ । चालु आर्थिक वर्षको कमाईबाट बैंकले थप ३० करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री