शुक्रबार, १४ वैशाख २०८१

सेल्फी लिदा नारायणीमा खसेर दुईजनाको मृत्यु

समयपोष्ट २०७४ जेठ १२ गते ८:११

सेल्फी खिच्ने क्रममा नारायणी नदीमा खसेर दुई जना किशोरको मृत्यु भएको छ । 

Advertisement

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार मृत्यु हुँनेमा गैडाकोट-२ का १७ वर्षीय आशिष श्रेष्ठ र गैडाकोट-८ का १७ वर्षकै भुपेन्द्र केसी रहेका छन् । 

विहीबार नारायणी नदी किनार सेल्फी खिच्दा नदीमा खसेर बेपत्ता भएका दुई जनाको शव शुक्रबार विहान प्रहरीको गोताखोर टोलीले सोही स्थानबाट फेला पारेको हो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री