शुक्रबार, १४ वैशाख २०८१

यामाहाको सडक सुरक्षा सचेतना कार्यक्रममा मिस नेपालका प्रतियोगि बने सहभागि

समयपोष्ट २०७४ जेठ ८ गते ८:४४

मिस नेपाल २०१७ का प्रतियोगीहरु यामाहाले आयोजना गरेको सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागि भएका छन् ।  सहभागि प्रतियोगीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण,यसको न्यूनीकरण र रोकथामबारे शनिबार जानकारी गराए ।

Advertisement

कार्यक्रममा प्रतियोगीलाई नेपाल प्रहरी अन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायब उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले सवारी हाँक्दा र यात्रा गर्दा अपनाउनुपर्ने सावधानी र दुर्घटनाबाट बच्ने उपायबारे जानकारी दिए । कार्यशालापछि उनीहरुलाई यामाहा सेफ राइडिङ साइन्स (वाइएसआरएस) कार्यक्रममा प्रयोगात्मक अभ्यास गराइएको थियो ।

मिस नेपालका प्रतियोगीले शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए । उनीहरुले पैदलयात्रीलाई वायु प्रदुषणको प्रभावबाट बच्न मास्क वितरण गर्दै काठमाडौंका चार व्यस्त चोकमा पुगी सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री