शनिबार, ८ वैशाख २०८१

छ्याङ्दी हाइड्रोको आइपीओ कहिलेबाट खुल्छ ?

समयपोष्ट २०७४ जेठ ५ गते ५:५३

छ्याङ्दी हाइड्रोपावर कम्पनीले ५ लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । चुक्ता पूँजीको २० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँको पाँच लाख ४० हजार कित्ता आईपीओ कम्पनीले निष्काशन गर्ने भएको हो । 

Advertisement

जेठ १४ गतेबाट सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने साधारण सेयरमा लगानीकर्ताले छिटोमा जेठ १८ र ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ५ लाख ४० हजार कित्तामध्ये १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।

सर्वसाधारणले ५ लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन गर्न पाउनेछन । कम्पनीको सेयरमा कम्तिमा ५० कित्तादेखि अधिकतम २७ सय कित्ता सम्म आवेदन गर्न पाइनेछ । 

कम्पनीले आईपीओ निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई सेयर विक्री प्रवन्धक नियुक्त गरेको छ ।आइपीओमा आवेदन गर्न ग्लोवल आइएमई बैंक, छ्याङ्दी हाइड्रो पावर लिमिटेड, काठमाडौं क्यापिटल, जनरल फाइनान्स, रिलायवल क्यापिटल, एनसएमसी मर्चेन्ट बैंक, क्यापिटल लिमिटेडहरु एनआई, सानिमा, भिबोर, सिभिल र आस्वा सेवा दिने बैक तथा वित्तिय संस्थाबाट दिन सकिने छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री