शुक्रबार, १४ वैशाख २०८१

नेपालमा आइफोनको प्राईस घट्यो, यस्तो छ मुल्य

समयपोष्ट २०७४ जेठ ४ गते ५:१२

नेपालको लागि एप्पलको आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्ट कम्युनिकेशन प्रालिले आइफोनको मूल्य घटाएको छ । घटेको मुल्य अनुसार आइफोन सेभेन ३२ जीबीको ब्ल्याकको मूल्य ८६ हजार,आइफोन सेभेन १ सय २८ जीबी गोल्ड,रोज गोल्ड,ब्ल्याक,जेट ब्ल्याक र रेडको मूल्य ९९ हजार ८ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 
त्यस्तै आइफोन सेभेन २५६ जीबी गोल्ड, रोज गोल्ड, ब्ल्याक, जेट ब्ल्याकको मूल्य १ लाख १२ हजार रुपैयाँ तोकिएको छ । आइफोन सेभेन प्लस३२ जीबी ब्ल्याकको मूल्य १ लाख ५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
आइफोन सेभेन प्लस १२८जीबीको मूल्य १ लाख १९ हजार रुपैयाँ,आइफोन सेभेन प्लस २५६ जीबी ब्ल्याक, जेट ब्ल्याक र रेडको मूल्य १ लाख ३२ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले आइफोन सिक्स ६४ जीबी गोल्ड वा स्पेस ग्रेको मूल्य ६८ हजार रुपैयाँ, १२८ जीबी गोल्ड वा स्पेस ग्रेकोे मूल्य ७८ हजार रुपैयाँ, आइफोन एसई ६४ जीबी गोल्ड वा रोज गोल्डको मूल्य ५२ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै आइप्याड प्रो ९.७ स्मार्ट कीबोर्डसहितको मूल्य १७ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री