शुक्रबार, १४ वैशाख २०८१

नेपालमा पहिलोपटक ब्रेन डेथ भएका व्यक्तिको मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण

समयपोष्ट २०७४ जेठ ३ गते १४:३२

नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिको मिर्गौला दुई व्यक्तिमा पत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा ब्रेन डेथ भएका ३० वर्षिय गोविन्दबहादुर भुजेलको मिगौंला  दुई व्यक्तिमा प्रत्यारोपण गरिएको हो । 
बुधवार पत्रकार सम्मेलन गरी मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गत हप्ता बुधबार सिन्धुलीमा चुनावी प्रचार प्रसारको क्रममा गाडीबाट खसेर ब्रेन डेथ भएको भुजेलको मिर्गौला १५ वर्षिय मिलन श्रेष्ठ र ५१ वर्षिय गोविन्दप्रसाद तिमल्सिनामा प्रत्यारोपण गरिएको जानकारी दिए । 
निर्देशक डा. श्रेष्ठका अनुसार अनुसार गाडीबाट खसेका गोविन्द भुजेललाई तत्काल एम्बुलेन्सबाट काठमाडौ तिनकुनेमा रहेको कान्तिपुर अस्पताल ल्याइयो थियो ।  उपचारको क्रममा भुजेलको ब्रेन डेथ भइसकेको थाहा पाएपछि चिकित्सकहरुले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा खबर गरेपछि केन्द्रबाट मिर्गौलाविद डा. कल्पना श्रेष्ठ लगायतको टोली कान्तिपुर अस्पताल पुगेको थियो । अस्पतालमा गएर भुजेलका परिवारलाई काउन्सिल गर्न  थालेको डा. श्रेष्ठले आठघण्टा काउन्सिल गर्दा समेत भुजेलका आफन्त तथा परिवारहरु ब्रेनडेथ भएको गोविन्दको मिर्गोलाअन्य व्यक्तिलाई दिन मानेन् ।
 डा. कल्पना श्रेष्ठले समाजमा मिर्गोलाबेचेको सन्देश जाने भएकोले भुजेलका परिवार मिर्गोलादान दिन तयार नभएपछि आफू हस्पिटल आएको जानकारी गराइन । आठघण्टा सम्मको काउन्सिलले गर्दा भुजेलका आफन्तले केही हदसम्म बुझेपनि समाजको डरले नै मिर्गोलादान दिन मानिरहेको थिएन । मिर्गोलानदिने पक्कापक्की भएपछि डा. कल्पना श्रेष्ठको टोली अस्पताल फर्कियो । अस्पताल आइसकेपछि श्रेष्ठलाई फोन आयो । बिरामीका आफन्तलाई मनाइयो । तपाई आउनुपर्यो । पुनः डा. कल्पना कान्तिपुर अस्पताल पुगेपछि भुजेलका आफन्तले मिर्गोलादिन मञ्जुर भएपछि मिर्गोलालिने बिरामीको खोजी हुन थाल्यो । सुरुमा पाँच जना बिरामीलाई बोलाएर ब्रेनडेथ भएका व्यक्ति र बिरामीको म्याच गराइसकेपछि १५ वर्षिय श्रेष्ठ र तिमल्सिनाको मिर्गोला प्रत्यारोपण सहज भएको हो ।
पत्रकार सम्मेलनमा उपस्थित श्रेष्ठ र तिमल्सिनाले नयाँ जीवन पाएकोमा खुशी ब्यक्त गरे ।

Advertisement

२०७३ मंसिर १६ गते मानव शरीरको अंग प्रत्यारोपण नियमावली आइसकेपछि मात्र नेपालमा ब्रेनडेथ भएका व्यक्तिको अन्य व्यक्तिलाई अंग प्रत्यारोपण गर्न सम्भव भएको केन्द्रका निर्देशक श्रेष्ठले बताए । 
स्वास्थ्य मन्त्री गगनकुमार थापाले मानिसहरुले अझै पनि अंग दान दिन कन्जुस्याइ गरीरहेको भन्दै त्यसको लागि अंगदान सम्बन्धि व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए । ब्रेनडेथ भएका व्यक्तिहरुबाट अंग प्रत्यारोपण थालिनु सुखद पक्ष भएपनि यसलाई निरन्तरता दिनु ठूलो चुनौति रहेको भन्दै मन्त्री थापाले ब्रेनडेथ भएका व्यक्तिलाई किरियाखर्च स्वरुप मन्त्रालयले केही व्यवस्था गर्ने जानकारी पनि दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री