बुधबार, २६ वैशाख २०८१

जनता बैंकको नाफा ३८ करोड

समयपोष्ट २०७४ वैशाख २९ गते ७:३१

जनता बैकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधीमा ३८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधीको तुलनामा ६८ प्रतिशत वढी हो । 
बैंकले गत आवको सोही अवधीमा २२ करोड ६६ लाख रुपैयाँ नाफा गरको थियो । यो अवधीमा बैंकले ७४ करोड ५२ लाख खुद ब्याज आम्दानी गरेको छ । ३५ अर्ब १८ करोड निक्षेप संकलन तथा ३३ अर्ब २४ करोड ऋण लगानी रहेको बैंकको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री