बिहीबार, १५ चैत २०८०

हिमालय उर्जाले २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने, नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड बिक्री प्रबन्धक

समयपोष्ट २०७४ वैशाख २९ गते ७:१२

हिमालय उर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

Advertisement

सेयर निष्कासनको लागि हिमालय उर्जा विकास कम्पनी लि. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडबीच सेयर निष्कासन सम्बन्धि सम्झौता भएको  छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डे र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

हिमालय उर्जाले निर्माण गरिरहेको उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत आयोजनाको शेयर सार्वजनिक निष्कासन गर्ने भएको हो ।  ईक्रा रेटिड. समेत गरी धितोपत्र बोर्डमा सेयर निश्काशनका लागि आबेदन गरी अनुमति पाएर सर्बसाधारणमा सेयर निश्काशन हुन लामो समय लाग्नसक्छ ।   कम्पनीले दुई आयोजनाका एक सय रुपैयाँका दरले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता शेयर बिक्री गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

हिमालय उर्जा विकास कम्पनीले २०७५ अषाढमा उपल्लो खिम्ती र २०७५ असोजमा अप्पर खिम्तीबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ । हाल यी आयोजनाको सिभिल र हाईड्रो मेकानिकलको कार्य भईरहेको छ भने इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीसँग सम्झौता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री