शुक्रबार, ७ वैशाख २०८१

माछापुच्छ्रे बैंकको दुलेगौडा शाखा स्थानान्तरण

समयपोष्ट २०७४ वैशाख २४ गते १२:३०

माछापुच्छ्रे  बैंक लिमिटेडले दुलेगौडा  शाखालाई शुक्लगण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बजारस्थित मेनरोडमा स्थानान्तरण गरेको छ । आईतबारका उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीले गरे ।
नयाँ सुविधासम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराउने बैकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । बैकले २४ घण्टा नै रकम झिक्न सकिने एटिएम सुबिधा समेत उपलब्ध गराएको छ । 
६ अर्व ५९ करोड ८७ लाख चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म रु ५८ अर्व ४ करोड निक्षेप परिचालन गरी  ५३ अर्व ५ करोड कर्जा प्रवाह गरेको छ भने सो अबधिमा १ अर्व ५१ लाख खुद मुनाफा गरेको छ । यस बैकले दैनिक बैकिङ्ग कारोवार संचालन गर्न प्रयोग गरेको बैकिङ सफ्टवेयर, ग्लोवस बिश्वमानै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् । बैकले पुर्वमा बिर्तामोड देखि पश्चिममा धनगढी साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना शाखाहरु स्थापना गरी ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गरीरहेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री