शुक्रबार, १६ चैत २०८०

नागरिक लगानीकोष एनएमबि बैंक एफपीओ बिक्री प्रबन्धक

समयपोष्ट २०७४ वैशाख २४ गते १२:१६

एनएमबि बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप नयाँ साधारण सेयर अर्थात एफपीओ निष्कासन गर्न नागरिक लगानीकोषलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्त सम्झौतामा एनएमबि बैंकका प्रमुख कार्यकारी सुनिल केसी र नागरिक लगानीकोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले हस्ताक्षर गरे ।

Advertisement

बैंकले संस्थापक तथा साधारण सेयरधनीको हिस्सा ५१:४९ कायम गर्न सो परिमाणको एफपीओ जारी गर्ने निर्णय गरेको छ । बैंकको गत पुषमा सम्पन्न २१ औ साधारणसभाले पूँजीवृद्धि गर्न थप नयाँ साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

एनएमबिले एफपीओको संख्या निर्धारण गरेपनि मुल्य भने सार्वजनिक गरेको छैन । बैंकले चाडै एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन गर्ने र बोर्डको मापदण्ड अनुसार नै एफपीओको मूल्य निर्धारण हुने जनाएको छ । नेदरल्याण्डको एफएमओ बिदेशी साझेदारले २० प्रतिशत सेयर संस्थापक किनेपछि एनएमबी बैंकले सर्वसाधारणको हिस्सा बढाउँन थप नयाँ साधारण सेयर(एफपीओ) जारी गर्नु परेको हो ।

एनएमबीले केही महिना अघि नेदरल्याण्डको एफएमओलाई २० प्रतिशत हिस्सा कायम हुने गरी झण्डै ९४ लाख कित्ता संस्थापक सेयर प्रिमियम मूल्यमा बेचेको थियो । प्रति किक्ता १५० रुपैयाँ प्रिमियम थप गरी बेचिएको सो सेयरबाट संकलित झण्डै डेढ अर्ब उसको जगेडा कोषमा गएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री