मंगलबार, ११ वैशाख २०८१

नेपाल लाईफ इन्स्योरेन्सद्धारा आर्थिक पत्रकारहरुलाई निःशूल्क जीवन बीमा

समयपोष्ट २०७४ वैशाख २२ गते २:५९

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको १७औं बार्षिकोत्सबका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्र्तगत नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आवद्ध पत्रकारहरुलाई निशुल्क जीवन विमा प्रदान गरिएको छ ।

Advertisement

सेजनमा आवद्ध कुल २ सय ५४ जना आर्थिक पत्रकारहरुलाई जनही रु.२.५० लाख बीमांङ्क रहेको ‘स्मार्ट जीवन बीमा’ निःशुल्क प्रदान गरेको छ । उक्त बीमालेखमा रु २.५० लाख बराबरको दुर्घटना बीमा तथा रु.२.५० लाख बराबरको पूर्ण अशक्तता बीमाको थप सुविधा सहित जनहि रु.७.५० लाख बीमांङ्क बराबर १ बर्षका लागि जोखिम बहन गरेको छ ।
कम्पनीको १७ औं बार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको जीवन बीमा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष श्री गोकर्ण अवस्थीमार्फत प्रदान गरिएका हो । बीमा जागरणको सामाजिक उत्तरदायित्व समेत कम्पनीको रहकोले जीवन बीमा मार्फत सामाजिक सुरक्षाको सकारात्मक सन्देश प्रदान गर्ने सघाऊ पुर्याउने बिश्वास कम्पनीले विस्वास सिएको छ । ‘स्मार्ट हुनुहोस, जिम्मेवार बन्नुहोस’ भन्ने मूल नारा रहेको स्मार्ट जीवन बीमा योजनाले हरेक तह र तप्काका व्यक्तिलाई जीवन बीमामा समेट्ने गरि दैनिक रु. १० मा रु.१० लाखको जीवन बीमा गराउन सक्ने भएकोले जीवन बीमाको दायरा बिस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री