बिहीबार, १३ वैशाख २०८१

 एनआरएन अष्ट्रेलियाको अध्यक्षमा टोनु घोथानेले गरे उम्मेद्वारी घोषणा

समयपोष्ट २०७४ वैशाख २० गते १३:१३

रोशन घिमिरे

Advertisement

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्ष पदको लागि समाजसेवी टोनु घोथानेले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । अष्ट्रेलिया राम्रो छबी बनाएका उनीले  मेलबर्नको कोबर्गस्थित बिगबेली एशियन क्याफेमा पत्रकार सम्मेलन गरि उम्मेदवारी घोषणा गरेका हुन ।
अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुलाई निर्वाचनमा आफुलाई सहयोगको लागि अनुरोध गर्दै उनले आफनो काम गर्ने शैली बताए । ‘म आईसीसी एप्रोचमा काम गर्नेछु । आईसीसी एप्रोच भनेको ईन्कुसिभनेस, कोलावरेटिभ र कन्सल्टेटिभ हो’ उनले प्रट्याउँदै भने ‘ पहिलो अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका अन्य नेपाली सामूदायिक संघसंस्थाहरुसँग सहकार्यलाई अझ घनीभूत बनाउनेछु । दोश्रो, नेपाली समूदायको समस्या र उनीहरुको आवाजलाई अष्ट्रेलियाको स्थानीय र संघीय सरकारको तहसम्म लैजाने भरपर्दो व्यवस्था गर्नेछु । तेश्रोमा एनआरएन अष्ट्रेलियाको आर्थिक गतिविधिहरुलाई अझ बढी उत्तरदायी र पारदर्शी बनाउनेछु । यसका साथै विद्यार्थीहरुको हितमा रहेका अहिलेका कार्यक्रमलाई निरन्तरता दिनेछु । ’उनले आफ्ना एजेन्डाहरु अझ विस्तृत रुपमा केही दिनभित्र सार्वजनिक गर्ने समेत जानकारी दिए।
एनआरएन अष्ट्रेलियाको पूरानो कार्यसमितिमा सचिव पदमा रही प्रभावकारी भूमिका निर्वाह गर्दै आएका घोथानेको  यो घोषणालाई अष्ट्रेलियावासी नेपालीहरुले उत्साहका साथ स्वागत गरेका छन् । एनआरएन अष्ट्रेलियाको नेतृत्वमा टोनु घोथाने जस्तो प्रभावशाली र ईमान्दार व्यक्तित्वको आवश्यकता रहेको भन्दै नेपाली समूदायका अगुवाहरु उनको समर्थनमा उभिएका हुन्। त्यस्तै अष्ट्रेलियामा समस्यामा परेका जो कोही नेपालीलाई सहयोग गर्ने तथा कम बोल्ने तर काम धेरै गर्ने घोथानेको बानीको प्रशंसा गर्दै नेपालीहरुले उनलाई  जिताउन सामाजिक संजालमा अभियान समेत सुरु गरिसकेका छन् ।
अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्दै आएका गोथाने टिडब्लुजीजीका प्रिन्सिपल तथा कानूनविदको रुपमा समेत कार्यरत छन ।
एनआरएन अष्ट्रेलियाको नयाँ कार्यसमिति चयनको निर्वाचन जुलाई ८ तारिखका लागि तोकिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री