शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री कार्यालयका सचिव टंकमणी शर्मा महालेखा परीक्षकमा सिफारिस

समयपोष्ट २०७४ वैशाख २० गते १२:४२

संवैधानिक परिषदले प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालाई महालेखा परिक्षक सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’को अध्यक्षतामा बुधबार बसेको परिषद् बैठकले शर्माको नाम संसदीय सुनुवाइका लागि पठाउने निर्णय गरेको हो।

Advertisement

उमेर हदका कारण भानु प्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त थियो । लामो समय अर्थ मन्त्रालयमा रहेका शर्माले त्यस अन्तर्गतका प्रमुख विभागहरु आन्तरिक राजश्व, राजश्व अनुसन्धान र भन्सार तीनवटै निकायमा महानिर्देशकको रुपमा काम गरेका थिए। सचिव भएपछि सार्वजनिक खरिद अनुगमन र सामान्य प्रशासन मन्त्रालयमा बसेका शर्मा पछिल्लो समय प्रधानमन्त्री कार्यालयमा छन्।  संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री