शनिबार, १५ वैशाख २०८१

इन्भेष्टमेन्ट र नविल बैंकले मुनाफा २ अर्ब नघाए

समयपोष्ट २०७४ वैशाख २० गते १२:३१

चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीमा नेपालका दुई ठूला ‘क’ बर्गका बैंकले आफ्नो मुनाफा २ अर्ब नघाएका छन् । चैत मसान्त सम्मको वित्तिय विवरण सार्वजनिक गर्ने बैंक तथा वित्तिय संस्था मध्ये नविल बैंक र इन्भेष्टमेन्ट बैंकले ९ महिना अवधीमै नाफा २ अर्ब माथि पु¥याएका हुन् ।
बैंकहरुको यो अवधीको वित्तिय विवरण अनुसार नविल बैंकको नाफा २ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा ३१ प्रतिशतले वढी हो । अघिल्लो आवको चैत मसान्त सम्मको अवधीमा बैंकले २ अर्ब ५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो । यो बर्षको तेस्रो त्रैमासिक अवधीमा आइपुग्दा बैंकको व्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । बैंकले यो अवधीमा ४ अर्ब ८ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । 
नविल बैंकले व्याज आम्दानीमा राम्रो प्रगति गरेकाले यस अवधीमा आइपुग्दा ९५ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ निक्षेप पु¥याएको छ । यस्तै, ९० अर्ब ५६ करोड ४७ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । 
यस्तै, निजी क्षेत्रको अर्को इन्भेष्टमेन्ट बैंकले पनि चालु आवको तेस्रो त्रैमासिक अवधीमा आइपुग्दा नाफा वढाएर २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ पु¥याएको छ । गत आवमा बैंकले एक अर्ब ८३ करोड १६ लाख रुपैयाँ नाफा गरेको थियो । इन्भेष्टमेन्ट बैंकले गत आवको तुलनामा आफ्नो नाफा ३० प्रतिशत वढाएको छ । यो बैंकले निक्षेप एक खर्ब ८ अर्ब १४ करोड ९८ लाख रुपैयाँ पु¥याएको छ भने कर्जा एक खर्ब एक अर्ब ९४ करोड ६२ लाख रुपैयाँ पु¥याएको छ । बैंकले चालु आवको चैत सम्म ३ अर्ब ४७ करोड ८१ लाख रुपैयाँ व्याज आम्दानी गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री