शुक्रबार, ७ वैशाख २०८१

नेपाली क्रिकेट खेलाडीले रोकिएको १५ महिनाको तलव पाउने

समयपोष्ट २०७४ वैशाख १८ गते ६:४६

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको विवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलब उपलब्ध गराउने निर्णय गरेको छ । 

Advertisement

आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपभेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रयासको आईसीसीले स्वागत गरेको छ ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले ०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै खेलाडीले तलव पाउन सकेका थिएनन् । आईसीसीले क्यान निलम्बनमा परे पनि राष्ट्रिय टोलीको अन्तरष्ट्रिय सहभागिता यथावत राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री