बिहीबार, १३ वैशाख २०८१

बंगलादेशको चर्चित फर्निचर ब्राण्ड हातिलको शोरुम काठमाडौंमा

समयपोष्ट २०७४ वैशाख १८ गते ६:४२

नेपालमै पहिलो पटक बंगलादेशको चर्चित फर्निचर ब्राण्ड हातिलको शोरुम स्थापना भएको छ । बंगलादेशमा हातिल कम्प्लेक्स विशेषगरी आधुनिक डिजाइन र विभिन्न कलात्मक फर्निचरका लागि प्रसिद्ध छ । 

Advertisement

नेपालमा अखिल ट्रेडीङ कन्सर्नसँगको साझेदारीमा शोरुम स्थापना भएको हो । यो नेपालको आधिकारीक विक्रेताको रुपमा रहेको छ । शोरुम काठमाडौंको त्रिपुरेश्वरमा रहेको वलर््ड ट्रेड सेन्टरमा छ । सुपथ मुल्यमा अधिकतम कलात्मक डिजाइनहरुका साथै सुन्दर र आधुनिक फर्निचरहरुले फर्नीचर पारखीहरुको मन जित्ने कम्पनीको विश्वास छ ।
आपूर्तीमन्त्री दिपक बोहोराले शोरुमको उद्घाटन गरेका छन् । उनले पछिल्लो समय गुणस्तरीय सामान रोज्ने नेपालीको बानीका कारण विभिन्न खालका गुणस्तरीय फर्निचरका लागि चर्चित ब्राण्ड हातिल रोजाइमा पर्ने बताए ।
आधिकारीक विक्रेता अखिल ट्रेडीङका अध्यक्ष अखिलकुमार चापागाईले अमेरीका, रुस, क्यानडाका साथै थाइल्याण्ड र भुटानमा समेत शोरुम स्थापना गरी विश्वब्यापी रुपमा ग्राहकको मन जित्न सफल हातिललाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक सेलीम एच रेहमानले गुणस्तरीय फर्नीचर ब्राण्डको रुपमा हातिल विश्वमै स्थापित गर्ने मात्र नभइ बंगलादेशलाई विश्वमै चिनाउने पनि सपना भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री