भारतीय राजदूत श्रीवास्तवद्वारा तस्बिर प्रदर्शनी अवलोकन
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय समाचार समिति (रासस) सेवाबारे जानकारी लिनुभएको छ ।
राजदूत श्रीवास्तवले राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीका साथै रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिनुभएको हो ।
राजदूत श्रीवास्तवलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरुको सङ्क्षिप्त रुपमा व्याख्या गर्नुभएको थियो । उहाँले रासस मिडिया सङ्ग्रहालय, समाचार सङ्कलन र समाचार सम्पादन शाखा, समाचार बुलेटिनका साथै राससको समाचार सेवाबारे अवगत गराउनुभएको थियो ।
त्यसैगरी, राजदूत श्रीवास्तवले मिडिया सङ्ग्रहालयका सामग्री एवं उपकरणको अभिरुचिपूर्वक जानकारी लिनुभएको थियो । राससको फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजदूत श्रीवास्तवले राससमा पहिलो पटक आएर महत्वपूर्ण तस्बिर प्रदर्शनी तथा राससका विविध सेवाका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको बताउनुभयो । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गरेको हो ।
प्रतिक्रिया