बिहीबार, १५ जेठ २०८२

प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब ८१ करोड बजेट विनियोजन

समयपोष्ट २०८२ जेठ १५ गते १५:४६

Advertisement

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकार र स्थानीय तहमा जम्मा २ खर्ब ४१ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्।

प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार प्रदेश सरकारलाई ६० अर्ब ६६ करोड र स्थानीय तहलाई ८८ अर्ब ९७ करोड रुपैयाँ बराबरको राजस्व बाँडफाँट गरिनेछ।

त्यस्तै, शशर्त अनुदान अन्तर्गत प्रदेशका लागि ३० अर्ब ३५ करोड र स्थानीय तहका लागि २ खर्ब ११ अर्ब ४६ करोड विनियोजन गरिने अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री