बिहीबार, १५ जेठ २०८२

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड विनियोजन, १५ बाली वस्तुको क्षेत्र विकास गरिने

समयपोष्ट २०८२ जेठ १५ गते १५:४४

Advertisement

सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बुधवार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कृषि तथा पशुपालनतर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाइ, मल र प्रविधिका लागि सो बजेट छुट्याइएको जानकारी दिए।

उनले ४ हजार ८५० हेक्टर जमिनमा उन्नत प्रविधिसहित १५ बाली वस्तुको क्षेत्र विकास गरिने र थप ६ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री