प्रतितोला पाँच हजार रुपैयाँले बढ्यो सुनको मुल्य
समयपोष्ट
२०८२ जेठ ७ गते १०:४१
आज सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया