बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार ५० अर्ब रुपैयाँ बराबरको तरलता संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट सो रकम संकलन गर्ने जनाएको छ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले प्रयोग गर्ने यो नियमित मौद्रिक उपकरण अन्तर्गत आजको कारवाही महत्वपूर्ण मानिएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। संकलित निक्षेपको साँवा तथा ब्याज जेठ २८ गते भुक्तानी गरिनेछ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन पाउने छन्। राष्ट्र बैंकले जारी गरेको सूचनामा, संकलन गरिएको निक्षेप संकलन उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि उल्लेख गरिएको छ।
प्रतिक्रिया