सोमबार, ५ जेठ २०८२

ओलीको कटाक्षपछि बालेनको जवाफ : “सरी केपी ओली, म भ्रष्ट सिस्टमलाई साथ दिन सक्दिन”

समयपोष्ट २०८२ जेठ ५ गते २१:०६


प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनुपस्थित रहेको भन्दै अप्रत्यक्ष रूपमा कटाक्ष गरेपछि मेयर शाहले पनि सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

Advertisement

ओलीको भनाइलाई लक्षित गर्दै मेयर साहले फेसबुकमा स्टाटस लेख्दै आफू भ्रष्ट प्रणालीको साथ दिन नसक्ने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “सरी केपी ओली, जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने।”

बैठकमा प्रधानमन्त्री ओलीले मेयर साहको नाम नलिए पनि काठमाडौंकै जनप्रतिनिधि यस्ता महत्त्वपूर्ण बैठकमा अनुपस्थित हुनु असजिलो भएको बताए। साथै, आगामी बैठकहरूमा सहभागी हुन निर्देशन पनि दिएका थिए।

उक्त बैठकमा मेयर शाहको सट्टा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल उपस्थित थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री