सोमबार, ५ साउन २०८२

न्यादी हाइड्रोपावरको शेयर बिक्री तत्काल रोक्न निर्देशन

समयपोष्ट २०८२ जेठ १ गते ११:११

नेपाल धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमिटेडलाई न्यादी हाइड्रोपावर लिमिटेडको शेयर बिक्री प्रक्रिया तत्काल रोक्न निर्देशन दिएको छ। बोर्डले बुटवल पावरले प्रस्ताव गरेको ३१ लाख कित्ता शेयर बिक्री कार्य धितोपत्रसम्बन्धी नियम विपरीत भएको ठहर गर्दै प्रक्रिया अघि नबढाउन स्पष्ट निर्देशन दिएको हो।

बुटवल पावर कम्पनीले आफ्नै स्वामित्वमा रहेको न्यादी हाइड्रोपावरको ठूलो संख्यामा शेयर बिक्री गर्ने निर्णय गरेसँगै बोर्डको ध्यान सोतर्फ गएको हो। तर, दुवै कम्पनीमा उही सञ्चालकहरू संलग्न रहेकाले द्वन्द्व हितको अवस्था सिर्जना भएको भन्दै बोर्डले आपत्ति जनाएको छ।

बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को प्रावधानअनुसार यस्तो कार्य स्पष्ट रूपमा नियमविपरीत रहेको प्रस्ट पारेको छ। साथै, बुटवल पावर कम्पनीलाई उक्त निर्णयबारे आफ्नो स्पष्ट धारणा र यथार्थ विवरण सहितको लिखित जवाफ पेस गर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री