शुक्रबार, २ जेठ २०८२

मिश्र र प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

समयपोष्ट २०८२ वैशाख ३० गते १९:२३


राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र र व्यवसायी दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

Advertisement

अदालतका एक अधिकारीका अनुसार उनीहरूलाई गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो। सो घटनामा राजावादी समूहको प्रदर्शनका क्रममा भएको झडपमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो।

पक्राउ परेकामध्ये प्रमुख व्यक्तिहरूमा रविन्द्र मिश्र (५९, ललितपुर), दुर्गा प्रसाईं (५४, झापा), तेजेन्द्र रायमाझी (४०, गुल्मी), र सन्तोष सिलवाल ‘राजावादी’ (३४, धादिङ) रहेका छन्।

हिरासतमा रहेका व्यक्तिहरूको सूची:
१. रविन्द्र मिश्र, ललितपुर – ५९ वर्ष
२. पुस्कर खतिवडा, ललितपुर – २९ वर्ष
३. गोपाल मल्ल ठकुरी, रुपन्देही – ३८ वर्ष
४. मनिन्द्र राज भण्डारी, लमजुङ – ५५ वर्ष
५. गोपिकृष्ण खड्का, झापा – ४२ वर्ष
६. सन्तोष चौधरी, सुनसरी – ४२ वर्ष
७. राम कुमार धिमाल, झापा – ५१ वर्ष
८. पशुपति खड्का, काठमाडौं – ४१ वर्ष
९. हरिहर चौलागाईं, जुम्ला – ४२ वर्ष
१०. विष्णु पराजुली, तनहुँ – ४१ वर्ष
११. देबी प्रसाद संग्रौला, झापा – ४३ वर्ष
१२. दान बहादुर न्यौपाने, झापा – ४३ वर्ष
१३. भानुभक्त पौडेल, झापा – ३९ वर्ष
१४. उमेश तामाङ, झापा – ३४ वर्ष
१५. तारानाथ बोहरा, झापा – ४६ वर्ष
१६. अनिल कुमार थापा, सुनसरी – ५४ वर्ष
१७. विष्णुजंग बस्नेत, ललितपुर – ४० वर्ष
१८. कुमार बस्नेत, काठमाडौं – ५९ वर्ष
१९. दुर्गा प्रसाद प्रसाईं, झापा – ५४ वर्ष
२०. दिपक खड्का, झापा – ५१ वर्ष
२१. सन्तोष सिलवाल ‘राजावादी’, धादिङ – ३४ वर्ष
२२. ओम प्रकाश लुईंटेल, झापा – ४८ वर्ष
२३. तेजेन्द्र रायमाझी, गुल्मी – ४० वर्ष
२४. प्रेम थापा मगर, रुपन्देही – ४७ वर्ष
२५. मिनोज थापा, काभ्रेपलाञ्चोक – ४० वर्ष

प्रतिक्रिया

सम्बन्धित सामाग्री