शुक्रबार, २ जेठ २०८२

चितवनमा क्रेटा इभी सार्वजनिक

समयपोष्ट २०८२ वैशाख ३० गते ११:३३

Advertisement

हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ क्रेटा इभी सार्वजनिक गर्दै चितवनको भरतपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। वैशाख २९ गते पिनाकल ट्रेडिङमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीको उच्च व्यवस्थापन टोलीले उपभोक्तासँग प्रत्यक्ष संवाद गर्दै विद्युतीय सवारीसम्बन्धी शंका समाधान गर्ने प्रयास गरेका छन्।

नयाँ क्रेटा इभीको सार्वजनिक कार्यक्रममा सहभागीहरूले हुन्डाईको दीर्घकालीन योजनालाई सकारात्मक प्रतिक्रिया दिएका छन्। कम्पनीले क्रेटा आइसी र इभी दुबै मोडल एउटै प्लेटफर्ममा आधारित रहेको स्पष्ट पार्दै, स्पेयर पार्ट्सको सहज उपलब्धता, सस्तो सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टमा ग्राहकहरूले कुनै समस्या भोग्न नपर्ने दाबी गरेका छन्। हालै नेपालमै क्रेटा आइसको निर्माण थालिएको र यो रणनीति इभी प्रयोगकर्ताका लागि समेत लाभदायक हुने बताइएको छ।

लक्ष्मी हुण्डाईले रिल्याक्स चार्जिङ ब्रान्डमार्फत डीसी र एसी गरी देशभर ६६ चार्जिङ स्टेसन स्थापना गरिसकेको जानकारी गराउँदै, इभी इकोसिस्टम विस्तारमा गम्भीरतापूर्वक काम गरिरहेको बताएको छ। यसले ग्राहकहरूलाई चार्जिङ सुविधामा सहजता ल्याउने अपेक्षा गरिएको छ।

कम्पनीले देशभर डिलरहरूसँग भेटघाटमार्फत ईभी प्रवर्द्धन अभियानलाई तीव्र बनाउँदै ल्याएको छ। भरतपुरमा आयोजित कार्यक्रममा ५ वटा नयाँ क्रेटा इभी तत्कालै ग्राहकलाई हस्तान्तरण गरिएका छन्। यस कार्यक्रममार्फत हुन्डाईले विद्युतीय गाडीप्रतिको विश्वास निर्माण गर्न सफल भएको देखिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री