शुक्रबार, २ जेठ २०८२

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा उल्लेख्य वृद्धि, प्रतिशेयर आम्दानीमा पनि सुधार

समयपोष्ट २०८२ वैशाख ३० गते ६:५७

Advertisement

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९४ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिमा ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ५ करोड ५८ लाख रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो। यद्यपि, सोही अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत र वित्तीय आम्दानी १८.२० प्रतिशतले घटेको छ। तर, कुल आम्दानी भने २८.७६ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १३९.४१ प्रतिशतले वृद्धि भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) मा पनि सुधार देखिएको छ। चैत मसान्तसम्ममा ईपीएस १ रुपैयाँ १० पैसाले बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पी/ई रेसियो) २४५.५३ गुणा कायम भएको छ।

१ अर्ब २८ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्गमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री