मंगलबार, ८ जेठ २०८१

२३७.१८ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको खुद नाफा

समयपोष्ट २०८१ वैशाख २८ गते १२:४२

Advertisement

प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । यस वर्ष नाफा २३७.१८ प्रतिशतले बढाएको हो।

इन्स्योरेन्सको लगानी तथा कर्जा सापट आम्दानी र खुद बिमा शुल्क आम्दानी बढ्दा उसको नाफा बढेको हो। चैतसम्ममा इन्स्योरेन्सको खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतसम्ममा उसको यस्तो आम्दानी ३८ करोड २० लाख रुपैयाँ थियो।

यस्तै गत वर्ष लगानी तथा कर्जाबाट ७ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्ष ११ करोड ६३ लाख रुपैयाँ कमाएको छ। जुन गत वर्षको तुलनमामा ४८.३० प्रतिशतले धेरै हो।

Advertisement

हाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ भने रिटेन अर्निङमा १० करोड ३४ लाख रुपैयाँ छ।

नाफा बढ्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २५ पैसाबाट बढेर ३७ रुपैयाँ ९३ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ २२४ रुपैयाँ ६७ पैसा छ। उसको मूल्य आम्दानी अनुपात २०.९६ गुणा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री